बाजुरा : बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आइतबार बिहान आगलागी भएको हो। वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आइतबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीले विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। घटनामा मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।