बाजुरामा पाँच महिनाको शिशुको आगोले जलेर मृत्यु

बाजुरा : बाजुरामा पाँच महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका–९ अगाउँपानीमा आइतबार साढे ८ बजे स्थनीय ज्ञानेन्द्र धामीको घरमा आगलबगी हुँदा बालकको ज्यान गएको हो ।
चुलोकोनजिकै सुताइराखेको शिशुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख सूर्य थापाले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.