धनगढी : कैलालीको भजनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भजनी नगरपालिका –६ को नवलपुर स्थित सडकखण्डमा दुर्घटना भएको हो।
ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। मोटरसाइकल पछाडी सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।
ट्रक र चालक भजनी नगरपालिका–१ घर भएका सनम डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
सम्बन्धित पाेस्टहरु