सागर ढकाललाई चुनाव प्रचार प्रसारमा रोक

डडेल्धुरा : डडेल्धुरा बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा चुनाव प्रचार प्रसारमा रोक लगाईएको बताएका छन्।

सोमबार उनले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले खुलेआम नियम कानुन उल्लंघन गर्दा पनि प्रशासन शाखा बन्द गरेर बसेको तर आफूले माइकिङ गर्दा रोक लगाइएको बताएका छन्। उनले डडेल्धुराको प्रशासन शेरबहादुरको मुनि रहेको बताएका छन्।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘मलाई जोगाइदिनुस् जनता गुहार्नु बाहेक केही बाँकि रहेन। सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.