धनगढी, २१ कात्तिक : यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका मुद्धामा राजनीतिक दलहरु लगायत सरोकारवाल निकायले गम्भीर हुन जोड दिएको छ । सोमबार धनगढीमा यौनिक तथा लैङ्गिक अल्पसंख्याकहरुको महासंघ नेपालले गरेको राजनीतिक दल र स्थानीय सरकार लगायत सरोकारवालाहरुसंग भएको छलफल कार्यक्रममा यस्तो जोड दिएको हो । कार्यक्रममा अध्यक्ष पीङकी गुरुङले आफ्नो समुदायका व्यक्तिहरुले संविधानमा भएको अधिकार समेत पाउन नसकेको बताइन् । ‘कानुनमा प्रष्ट रुपमा अन्यका नाममा नागरिकता दिने व्यवस्था रहेको छ’, उनले भनिन् । ‘तर, सहजै कसैले पनि नागरिकता पाउन सकेको छैनन् ।’
उनले राजनीतिक दल भित्रि आफ्नो समुदायका मुद्धाका बारेमा छलफल गर्नुपर्ने बताईन् । दलहरुले आफ्ना मुद्धाहरु समावेश गर्न नसक्दा मुखमा आएको निर्वाचनमा उम्मेदवार दिनबाट बञ्चित भएको उनको गुनासो रहेको छ । राष्ट्रिय जनगणना २०७८ मा आफ्नो समुदायको तथ्यांक समेत सार्वजनिक हुन नसक्दा राज्यका विभिन्न निकायमा सहभागि हुनबाट वञ्चित हुने परेको कार्यक्रममा उनले गुनासो गरेकी थिईन् । आफ्नो समुदायका धेरै व्यक्तिहरु सरकारी जागिर खाने क्षमता हुँदा पनि लोकसेवाले अन्यका नाममा फारम दर्ता हुने व्यवस्था नहुँदा वञ्चित भएको उनले बताईन् । राज्यका उच्च निकायमा रहेका तथा बौद्धिक क्षेत्रका नागरिकहरुमा समेत यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायलाई सम्मान गर्न नसेको उनले बताईन् ।
कार्यक्रमाम विभिन्न राजनीतिक दलहका प्रमुख एंव प्रतिनिधिहरुले आफ्नो तहबाट यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका लागि पार्टीमा पहल गर्ने प्रतिबद्धता जनाएको थिए । नेपाली काँग्रेस कैलालीका युना नेता ओमजंग सिंहले पार्टी बहस÷छलफल प्रतिबद्धता जनाए । उनले आफ्नो पार्टीमा युवाहरुको सहभागिता बढ्दै गएको हुँदा हरेक समुदायका मुद्धामा गम्भीर ढंगल लाग्ने बताए । उनले यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका व्यक्तिहरुका बारेमा ग्राणि क्षेत्र सम्म बहस÷छलफल गर्न जरुरी भएको धारणा व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा जनता समाज पार्टीका नेता झ्याउकुला चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदाहरु देशको नेतृत्व लिने पार्टीको मुद्धा नबन्दा समस्या हुने गरेको बताए । आफ्नो पार्टीले पछाडी परेको समुदायको लडाईमा नै रहेको हुुँदा हरेकका समस्याहरुमा गम्भीर ढंगले बहस हुने गरेको उनले बताए ।
कार्यक्रममा, राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधि र यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदायका व्यक्तिहरुका सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु