अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ मा मेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई राति दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकल चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाँई शिबिरका ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीस्थित मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार राति सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।