अत्तरिया : नेपाली कांग्रेसका युवा नेता एवम् व्यवशायी प्रेमराज भट्ट दम्पतिले छोराको जन्मदिनको अवसरमा धनगढीमा रहेको दृष्टी फाउन्डेसनलाई ५० हजार रुपैँया सहयोग गरेका छन् ।
कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ बस्दै आएका उनीहरुले मंगलबार छोराको जन्मदिनको अवसरमा ५० हजार रकम बराबरको चेक दृष्टी फाउन्डेसनकी संचालिका कल्पना भट्टलाई हस्तान्तरण गरेका हुन् । विगत देखीनै वैवाहिक वर्षगाँठमा समेत विभीन्न सेवामुलक कार्य गर्दै आएका उनीहरुले दृष्टी फाउन्डेसनको अभावलाई मध्यनजर यसपटक छोराको जन्मदिनको सुअवसर पारी सहयोग गरीएकोे बताए ।
धनगढीमा रहेको दृष्टी फाउन्डेसनमा मानसिक सन्तुलन गुमाएका र बेसहारा गरी ५२ जना महिला तथा बालबालीका आश्रीत छन् ।