सुदूरपश्चिम भूकम्प : राहत र उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन, मृतकप्रति श्रद्धाञ्जली व्यक्त

अत्तरिया : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा भूकम्पका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

डोटीमा मंगलबार राति २ बजेर १२ मिनेटमा ६‍.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने ५ व्यक्ति घाइते भएका छन्। मृतकप्रति श्रद्धाञ्जलि तथा उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भूकम्पका कारण घाइते भएकाहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

‘खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्, ‘साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.