एमाले अध्यक्ष ओली अत्तरियामा आउदैँ, सभाको तयारी थालियो

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्तरिया आउने भएपछि त्यसको तयारी थालिएको छ । बिहिबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर कैलाली क्षेत्र नम्बर –४ प्रचार प्रसार समितिले जानकारी दिएको हो ।
कार्तिक २६ गते ओली सुदूरपश्चिम दोस्रो पटक आउने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलन सुदूरपश्चिम कमिटीका सचिब धर्मराज पाठकले ओलीले २६ गते डोटीको दिपायल, कैलालीको अत्तरिया र लम्कीको सभालाई सम्बोधन गर्ने बताए ।

उनले एमाले पार्टीको नेतृत्वलाई सुदूरपश्चिमलाई बिशेस महत्व दिएकाले अध्यक्ष ओली दोस्रो पटक सुदूरपश्चिम आउन लागेको जानकारी दिए । प्रचार प्रसार समितिका संयोजक खम्ब बुढाले अत्तरिया सभा पूर्वरोड बुद्द मन्दिर नजिक हुने र त्यसको लागी प्रचार प्रसारको काम थालिएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.