प्रकाश देउवाको अनुरोध– ‘योग्य र सक्षम उम्मेदवारलाई मात्र निर्वाचित गर्नुहोस्’

धनगढी : नेपाली काँग्रेस युवा नेता प्रकाशबहादुर देउवाले धनगढीका समस्याहरु समाधान गर्न सक्नेलाई मात्र आफ्नो मत दिन अनुरोध गरेका छन् । बिहिबार धनगढी वडा नम्बर ६ मा भएको भेलालाई सम्बोधन गर्दै उनले यस्तो अनुरोध गरेका हुन् ‘निर्वाचनकै नजिकै आईसकेका छौँ’, उनले भने । ‘विभिन्न व्यक्तिहरु निर्वाचनको मैदानमा छन् । तर, भोट हाल्दा समस्याहरु समाधान गर्न सक्ने योग्य र सक्षम उम्मेदवारलाई मात्र हाल्नुहोस् ।’
कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका देउवाले यस अघि एमालेको नेतृत्वमा प्रदेश र संघमा सरकार बने तर, विकासले गति लिन सकेन उल्टै भ्रष्टचार वाहेक केहि नभएको बताए । उनले कुनै व्यक्तिलाई मत हाल्दा पनि केहि विकास नहुने बताए । ‘कुनै व्यक्तिलाई मत हालेर निर्वाचन गर्न खोज्नुहुन्छ पनि त्यसले केहि विकास हुँदैन्’, उनले  भने । ‘त्यसले गर्दा आफ्नो मत खेर नफाल्नका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् ।’ उनले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने हुँदा यहाँ भएका समस्याहरु समाधान गर्नका लागि आफ्नो मत सहि ठाउँमा मात्र हाल्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.