धनगढी : कैलाली क्षेत्र नम्बर ५ ‘ख’ गठबन्धनका साझा उम्मेदवार प्रकाशबहादुर देउवाले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताएका छन् । शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा भएको सभालाई सम्बोधन गर्दै कैलाली लगायत देशभर नै गठबन्धनका उम्मेदवारको जित हुने बताएका हुन् । ‘गठबन्धनका उम्मेदवारको प्रतिस्पर्धा एमालेसंग हो’, उनले भने । ‘पाँच दल एक ठाउँमा भएपछि कसैको केहि लाग्दैन् । गठबन्धनका उम्मेदवार देशभर विजय हुन्छन् ।’
तत्कालिन केपी ओली सरकारले संविधानलाई च्यात्न खोजेपछि बनेको गठबन्धन तयार भएको उनले बताए । पाँच दलीय गठबन्धन एक ठाउँमा हुँदा पनि निर्वाचित नहुनु चुनौतीको विषय भएको उनले उल्लेख गरे । मंसिर ४ पछि बन्ने गठबन्धनको सरकारले जनताका समस्याहरु सम्बोधन गर्नेे प्रतिबद्धता समेत गरे । ‘जनताका समस्याहरु पाँच दल एक भएर विकास गर्नुछ’, उनले भने । ‘कैलाली–५ ‘ख’ मा प्रतिनिधि सभा र प्रदेशमा रुख चिन्हमा मत दिएर निर्वाचित गराउन आग्रह गर्दछु ।’
सम्बन्धित पाेस्टहरु