सुदूरपश्चिममा अस्थायी मतदाताकालागि तोकिए २२ मतदान केन्द्र

अत्तरिया : निर्वाचन आयोगले सुदूरपश्चिममा २२ वटा अस्थायी मतदान केन्द्र तोकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि सुदूरपश्चिममा २२ सहित देशभर १४१ अस्थायी मतदान केन्द्र तोकेको हो ।

देशभरका अस्थायी मतदातालाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्नका लागि अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर, आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउछन् ।
२०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी आयोगले व्यवस्था मिलाएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव ऋषीराम भुसालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका् हुनुपर्ने कानुनी व्यस्था भएकाले त्यसै बमोजिमको व्यवस्था मिलाई मतदानको सूनिश्चित गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.