चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिममा

धनगढी, २६ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आएका छन । अध्यक्ष ओलीले डोटी र कैलालीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमालेले डोटी, कैलालीको अत्तरिया र लम्कीचुहामा चुनावी सभाको आयोजना गरेको छ । कार्यक्रमलाई ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन्। सुदूरपश्चिमको चुनावी सभामा चुच्चे नक्सा चुनावी मुद्दा बनेको छ । मुख्य राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरिएको नयाँ नक्साको स्वामित्व ग्रहण गर्न हानाथाप गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.