निर्वाचन पछि एमालेले एकल सरकार बनाउने : ओली

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पछि एमालेले एकल सरकार बनाउने दाबी गरेका छन्। अत्तरीयामा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले एकल सरकार बनाउन सक्ने एमाले बाहेक अर्को शक्ति नेपालमा नरहेको बताएका हुन्।

सत्तारुढ गठबन्धनले जनता झुक्याउन घोषणापत्र ल्याएको ओलीको आरोप छ। चुनावपछि साझा सरकार बनाउने दाबी गर्ने गठबन्धनले साझा कार्यक्रम ल्याउन नसकेको भन्दै उनले कटाक्ष गरेका हुन्।

‘चुनावपछि गठबन्धनले जित्ने अरे१ गठबन्धनले जितेपछि कसको कार्यक्रम लागू गर्ने ? आफ्नो आफ्नो घोषणापत्र छ, आफ्नो आफ्नो कार्यक्रम छ। यो घोषणापत्र लागू गर्न जारी गरिएकै होइन। यो घोषणापत्र जनता अलमल्याउन जारी गरिएको हो,’ उनले भने। अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पानीमा भिजाएको खरानीको डल्लोसँग तुलना गर्दै निर्वाचनपछि सकिएर जाने दाबी गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.