अत्तरिया : सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। शनिबार साँझ ८ बजेर १२ मिनेटमा धनगढी लगायतका ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो।
सुदूर पहाड र तराईका सबै जिल्लाहरुमा धक्का महशुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।