कैलालीको गौरीगंगासहित तीन स्थानमा नमुना मतदान

धनगढी : सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले कैलालीका तीन स्थानमा नमुना मतदान तथा मतदान केन्द्रको निरीक्षण गरेको छ। मत बदर हुन नदिन तीन स्थानमा नमुना मतदान तथा मतदान केन्द्रको निरीक्षण गरिएको हो। निर्वाचन कार्यालयले गौरीगंगा नगरपालिका, बर्दगोरिया र मोहन्याल गाउँपालिकामा नमुना मतदान गरेको हो। यी तीन स्थानमा भएको नमुना मतदानमा प्रतिपालिकामा ५० जनाभन्दा बढी सहभागी थिए।

मंसिर ४ मा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन नमुना मतदान गरिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए। यस्तै, चुरे गाउँपालिका वडा नम्बर ४ स्थित सुर्यमुखी आधारभुत विद्यालय र मोहन्याल गाउँपालिकाको मतदान केन्द्रका मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्याल, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतले निरिक्षण गरेका हुन्।

मतदानलाई सभ्य, भयरहित र निष्पक्ष बनाउन मतदान केन्द्रको निरीक्षण गरिएको उनीहरूले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.