धनगढी : राइजिङ बाल क्लबले आयोजनामा भोलि (मंगलबार) धनगढीमाा सर–सफाईको आयोजना गरिदैँ छ । धनगढी उपमहानगरपालिका–२ मा रहेको स्टेपीङ स्टोन बोर्डिङ स्कूल वर–परका गल्लीहरुमा सर–सफाई गरिने क्लवका अध्यक्ष सुनिल बुढाले जानकारी दिएका छन् ।
सर–सफाई कार्यक्रममा नेपालका कान्छा अभियान्ता केपी खनाल पनि सहभागि हुँदै छन् । खनाल केहि महिना यता धनगढी उपमहानगरको सहकार्यमा सर–सफाईमा जुट्दै आएका छन् । सर–सफाई कार्यक्रममा स्टेपिङ स्टोन स्कूलका विद्यार्थी, अभिभावकहरुको सहभागिता हुने छ । सर–सफाई कार्यक्रम भोलि विहान ७ बजे देखि सुरु हुने छ ।