अत्तरिया, २८ कात्तिक : निर्वाचनमा कैलाली र कञ्चनपुर सीमा नाका बन्द हुने भएका छन् । कैलालीको गौरफण्टा र कञ्चनपुरको गड्डाचौकी सीमानाका तीन दिन बन्द हुने भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गड्डाचौकी सीमानाका तीन दिन बन्द हुने भएको हो ।
यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने भएको हो।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाइएको छ।