अत्तरिया : अछामको बाब्ला केन्द्र विन्दु भएर ४.२ रेक्रट स्केलको भूकम्पको धक्का महशुस भएको छ । मंगलबार साँझ ६ बजेर ७ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक सहायक राजेश शर्माका अनुसार अहिले गएको भूकम्प कात्तिक २२ गते गएको भूकम्पको पराकम्पन हो । कात्तिक २२ गते डोटीको गैरागाउँ केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता निरन्तर पराकम्पनहरु आईरहेका छन् ।
सम्बन्धित पाेस्टहरु