अत्तरिया बजारमा चोरीका घटना बढदै गएकोप्रति अत्तरिया उद्योग बाणिज्य संघको ध्यानकर्षण

अत्तरिया : कैलालीको अत्तरिया बजारमा चोरीका घटना बढदै गएकोप्रति अत्तरिया उद्योग बाणिज्य संघले चिन्ता ब्यक्त गरेको छ । संघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘एउटै पसलमा पटक पटक चोरी हुनु, एकपछि अर्को दिनानुदिन चोरी भइरहनु र यसको नियन्त्रण हुन नसकेकोप्रति पनि अत्तरिया उद्योग बाणिज्य संघ आपत्ती छ’ संघका अध्यक्ष अशोकराज देबकोटाद्वारा हस्ताक्षरित बिज्ञप्ती मा भनिएको छ, ‘भर्करै मात्र न्यु बिष्णु इन्टरप्राइजेज र लहना मोबाइल ग्यालरीमा चोरी भएको घटना छानबिन मै रहँदै पुनः आज नमुना मोबाईल ग्यालरी मा चौथो पटक चोरी भैसकेको प्रती चिन्तित बनाएको छ ।

संघ ले बजार क्षेत्रमा सुरुमा को उचित प्रबन्ध मिलाउनु को साथै ब्यापारी को क्षतिपूर्ति को लागि समेत माग गरेको छ। बजार नजिकै ईलाका प्रहरी कार्यालय मालाखेती रहेको भएपनी सुरक्षाको अनुभुती ब्यबसायीहरुले गर्न नपाएको संघको बुझाइ रहेको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.