छ लेन सडकका डिभाइडर हटाउन धनगढी र गोदावरीको सडक विभागलाई पत्राचार

धनगढी : धनगढी उपमहानगरपालिकाले मोहनापुल–अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडर हटाउन सडक विभागलाई पत्राचार गरेको छ। सडक दायाँबायाँ राखिएका डिभाइडरका दुर्घटना बढ्दै गएको भन्दै गोदावरी नगरपालिका (अत्तरिया) ले पनि सडकमा राखिएका डिभाइडर हटाउन विभागलाई पत्राचार गरेको हो।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाभित्र पर्ने मोहनापुल अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडरले अहिले पनि दुर्घटना भइरहेको भन्दै दुवै नगरले डिभाइडर हटाउन विभागमा पत्राचार गरेका छन्। मोहनापुल अत्तरिया सडक योजना कार्यालय खारेज भएपछि उपमहानगर र गोदावरीले सडक विभागलाई डिभाइडर हटाइदिन आग्रह गर्दै पत्राचार गरेका छन्।

६ लेन सडकमा डिभाइडरकै कारण दुर्घटना बढ्न थालेपछि सबै डिभाइडर हटाउन सडक विभागलाई पत्राचारसहित आग्रह गरिएको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताए। धनगढी उपमहानगरपालिका छ लेन सडकलाई सर–सफाई अभियान थालेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.