अत्तरिया बजारमा काँग्रेस नेतृत्वमा गठबन्धन दलको घरदैलो

अत्तरिया : नेपाली काँग्रेसले अत्तरिया बजार क्षेत्रमा घर दैलो गरेको छ । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहिबार काँग्रेसको नेतृत्वमा गठबन्धन दलहरुले घरदैलो गरेका हुन् । उम्मेदवार सहित काँग्रेसका नेता कार्यकर्ताहरुले बजार क्षेत्रका व्यवसायीहरु संग भेट गरेका छन् । प्रचारमा कैलाली –४ का उम्मेदवार वीरबहादुर बलायर , प्रदेशका उम्मेदवार प्रकाश बम को सहभागीता रहेको थियो ।

निर्वाचनको प्रचारप्रसार गर्ने अन्तिम दिनमा अत्तरिया क्षेत्रमा गठबन्धनका सबै उम्मेरदवारहरु घरदैलो अभियान गर्दै छन । क्षेत्र नं.४ को २ का प्रदेश सभा सदस्यका साझा उम्मेदवार प्रकाशबहादुर बम पनि सोही अभियानमा लागी रहेका छन ।
अभियानमा नेपाली कांगेस,नेकपा (माओवादी केन्द्र) नेकपा (एकिकत समाजवादी) जनमोर्चा लगायतका पार्टीहरु सामुहिक प्रचारमा लागेका छन । कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धन दलको तर्फबाट बलायर नेकपा एमालेको तर्फबाट नेता लेखराज भट्ट बीच मुख्य प्रतिस्पर्धा छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.