धनगढी : धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा पेरिटोरियल डायलासिस पद्धतिद्वारा ६ महिने बच्चाको सफलतापूर्वक उपचार सम्पन्न भएको छ । सुदूर र मध्यपश्चिममै पहिलोपटक यो खाले उपचार सफल भएको अस्पतालले जनाएको छ । बयस्क उमेर तथा जेष्ठ नागरिकमा डायलासिस गर्दा रगत फेरेर मिर्गौला रोगीको पेटमा पाइप राख्ने, पेटभित्र गएको पाइपमा पानी हाल्ने तथा त्यो पानी परिवर्तन भएर शरीरबाट फोहोर निकालेर उपचार गर्ने गरिन्छ । तर बालकहरुमा भने त्यो विधि लागु हुदैन । अस्पतालका अनुसार १५ किलो भन्दा कम तौल भएका बच्चाहरुमा पेरिटोरियल र सीआरआरसी पद्धती गरी जम्मा २ वटा बिधीहरु मार्फत मात्रै उपचार गर्न सकिन्छ ।
सोही अनुसार बैतडीको पुर्चौडी नगरपालिका – ७ का ६ महिने बालक सुबाश बिष्टको उपचार पेरिटोरियल डायलासिस पद्धतीबाट गरिएको उपचारमा संलग्न नवजात शिशु तथा वालरोग सघन उपचार विशेषज्ञ डाक्टर पुष्पराज अवस्थीले बताए । बिष्टलाई गत कार्तिक १७ गते सिकिस्त अबस्थामा उपचारका लागि निसर्गमा ल्याइएको थियो । डडेल्धुराबाट भेन्टिलेटरमै अवस्थामा एम्बुलेन्समा राखेर बालकलाई निसर्गमा पु¥याइएको थियो । बालककी आमा दुर्गा बिष्टले आँखाभरी आँशु पार्दै भनिन्, ‘सुरुमा सामान्य रुघा, खाकी मात्रै सोच्यौँ, नजिकैको मेडिकलबाट औषधि गरेँ तर ठिक भएन । झन साह्रो भएपछि डडेल्धुरा लगेँ, त्यहाँ पनि ठिक भएन ।’
बच्चाको अबस्था झन बिग्रिदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निको नभएको उनले बताईन । उनले अवस्था निकै खराब भएपछि आशै मारेर भेन्टिलेटरमै निसर्ग ल्याएको बताईन । सुदूरपश्चिममै पहिलोपटक पेरिटोरियल डायलासिस पद्धतिद्वारा बालकको उपचार गरेको नवजात शिशु तथा वालरोग सघन उपचार विशेषज्ञ डाक्टर अवस्थी बताउँछन । उनको उपचारमा नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्र, नवजात शिशु तथा वालरोग विशेषज्ञ डाक्टर दिपक पौडेल, एनेस्थेसियोलोजिस्ट डा। हेमन्त ओझा र सुनिल भट्टलगाएतको टिम संलग्न भएको अस्पतालले जनाएको छ ।