
अत्तरिया, १ मंसिर : कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालले आफ्नो १७ औं वार्षिकोत्सब कार्यक्रम मनाएको छ । बिहिबार विविध कार्यक्रम गरी अस्पतालले वार्षिकोत्सव मनाएको हो ।
ग्रमिण क्षेत्रका जनताहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको पद्मा अस्पताल १७ बर्ष पुरा भई १८ औँ बर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा सञ्चालकमध्येका एक सञ्चालक गजेन्द्रबिर चन्दले अस्पताललाई आजको अबस्थामा ल्याउन सहयोग गर्ने स्थानीय, कर्मचारी र चिकित्सकको टिमलाई धन्यबाद दिए । उनले अबका दिनहरुमा पनि अस्पतालले सेवा सुबिधा बिस्तार गर्ने बताए । उनले अत्तरिया महेन्द्रनगररोडमा अस्पतालको आफ्नै भबन निर्माणको कार्य थालनी भएको जानकारी समेत दिए ।
अस्पतालकी प्रसाशन प्रमुख मन्जु साउँदले वार्षिकोत्सबको अवसरमा अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको बताईन । यस्तै उनले वार्षिकोत्सब कै अवसरमा ओपिडी र अन्य सेवामा ३० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिईन ।
अस्पतालमा आईसीयू र एनआइसियू समेत सेवा सुविधा रहेको छ । २०६२ सालमा स्थापना भएको अस्पताल प्रा.लि अत्तरिया क्षेत्रको मात्रै नभएर अहिले सुदूरपश्चिमका साथ पहाडी जिल्लाका जनताहरुको मुख्य केन्द्र बिन्दु बनेको छ । अस्पतालले प्रत्येक बर्ष आफ्ना सेवा सुबिधाहरु बढाउदै गैरहेको छ ।
