मतदानस्थलमा आमनेसामने प्रतिद्वन्द्वीद्वय देउवा र जोशी

अत्तरिया : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जारी रहँदा कैलाली निर्वाचन क्षेत्र नं ५ ९ख० का उम्मेदवारहरु आमने सामने भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ (ख) बाट गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रकाश देउवा र एमालेका दुर्गा जोशी आमने सामने भएका हुन् । दुबैजना धनगढी उपमहानगरपालिका वडानम्बर ३ स्थित जनता आधारभुत विद्यालयको मतदानस्थलमा आमने सामने भएका हुन् । दुबैले भेटर एकअर्कासँग हात मिलाउँदै भलाकुसारी गरेका थिए । कैलाली निर्वाचन क्षेत्र नं ५ (ख) मा देउवा र जोशीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.