धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट

अत्तरिया : धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

आज बिहान मतदान केन्द्र बाहिर विस्फोट भएपनि कुनै क्षति नभएको उनले बताए । घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको र अहिले अवस्था समान्य रहेको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.