बाजुरा :ः बाजुराको एक मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटीकामै आगजनी गरिएको हो। प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटीकामा आगजनी भएको हो। आगजनी गरिएको मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ।
बाजुरामा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको हो। जिल्लाका ८३ हजार पाँच सय ६६ मतदाता रहेका छन्। जिल्लाका सबै मतदानस्थल तथा केन्द्रमा गरेर ३७ हजार ६ सय बढी मत खसेको जनाइएको छ।