अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका वीर बहादुर बलायरलाई उछिनेका छन । कुल ७ हजार ५ सय ४५ मत गणना गर्दा भट्टले ३ हजार ४ सय ९४ मत ल्याएका छन भने बलायरले ३ हजार ४ सय ७३ मत ल्याएका छन । दुवै विचको मतान्तर २१ रहेको छ ।
सुरुवाती मतगणनामा बलायरले लिड गरिरहेका भएपनि पछिल्लो मगतणनामा भट्टले अग्रता लिएका हुन ।