अत्तरिया : डडेल्धुरामा प्रतिनिधिसभा तर्फ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सुरुवात देखि नै अग्रस्थानमा छन् । १० हजार ३ सय ७८ मत गाण्ना हुँदा देउवा ५ हजार ३सय ८९ मतका साग अग्रस्थानमा रहेका छन् ।
उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याईरेहका छन् । सागरले २ हजार ४ सय ४१ मत पाएका छन् । देउवा भन्दा सागर २ हजार ९ सय ४८ मतले पछाडी रहेका छन् । यस्तै तेस्रोमा विपी काँग्रेसका कर्णबहादुर मल्ल रहेका छन् । उनले एक हजार ५ सय ७१ मत पाएका छन् ।