कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

अत्तरिया : कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीले सुरु देखिको अग्रता कायमै राखेको छ । कैलाली क्षेत्र नम्बर २ मा ३,२७१ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरीले १४८८ मत पाएका छन भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भगत बहादुर बडुवालले ८६६ पाएका छन् ।

तेस्रो स्थानमा रहेका झपट बहादुर रावलले ६२७ मत ल्याएका छन । नागरिक उन्मुक्ति कैलाली क्षेत्र नम्बर १, ३ मा पनि अग्रता लिइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.