कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्तिका गंगा चौधरी विजयी

अत्तरिया : कैलाली क्षेत्र नम्बर ३ मा रशेम चौधरीको पार्टी नागरिक उन्मुक्ति विजयी भएको छ । मंगलबार सकीएको मतपरिणाम अनुसा नागरिक उन्मुक्ति पार्टी गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् । राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशङ्कर चौधरीले ९ हजार ८७४ मत पाएका छन् । यहाँ ६३४४० मत खसेको थियो जहाँ ५९ हजार ७१९ सदर भएको छ भने ४ हजार २१ मत बदर भएको छ । नागरिक उन्मुत्ति पार्टी कैलालीमा अन्य दुई क्षेत्रमा पनि जितको नजिक छ । क्षेत्र नम्बर एक र ३ मा जित नजिक रहेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.