अत्तरिया ः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार नारदमुनी रानाले सुरुवाती अग्रता लिएका छन् । रानाले ७ सय २५ मत ल्याएका छन् । मंगलबार विहान मात्र सुरु भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तलाई पछिपार्दै रानाले सुरुवाती अग्रता लिएका हुन् । पन्तले ५ सय ७५ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाले ३ सय मत ल्याएका छन् ।