काठमाण्डौँ : काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । उनी नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै तेस्रोपटक विजयी भएका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । थापाले २१ हजार ३०२ मत पाए । भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर, ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए ।