बाँके : प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि खाता खोलेको छ । प्रतिनिधि सभामा बाँके क्षेत्र नम्बर २ बाट धवल शमशेर राणा विजयी भएका हुन् । निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार उनले जितका लागि २९ हजार ५७७ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत ल्याए । यो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए । राणा पहिले नेपालगन्जका मेयर थिए । त्यसैले उनी उक्त क्षेत्रमा निकै चर्चित थिए । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट राईले जित हासिल गरेका थिए ।