कैलाली ४ मा बलायरले १८२३ मतले पछि पारे लेखराजलाई By अग्नी समाचार On २०७९ मंसिर ७, बुधबार ०४:०६ अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीर बहादुर बलायरले १८२३ मतले एमालेका लेखराज भट्टलाई पछाडी पारेका छन् । पछिल्लो परिणाम अनुसार बलायरले १८ हजार ९६ मत पाएका छन् । एमालेका लेखराज भट्ट १६ हजार २७३ मत पाएर बलायरलाई पछ्याइरहेका छन् ।