कैलाली ४ : गठबन्धनका तीनै उम्मेदवारको अग्रता

अत्तरिया  : कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधी तथा प्रदेश सभा दुवैतर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधी सभाका उम्मेदवार गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीर बहादुर बलायरको अग्रता छ । त्यसैगरी प्रदेश १ तर्फ गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका दिर्घ सोडारी र प्रदेश २ तर्फ गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका प्रकाश बहादुर बमको अग्रता रहेको छ । प्रतिनीधीमा बलायरले १९ हजार १९७ मत पाँउदा उनका प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले १६ हजार ८९० मत पाएका छन् ।

त्यसैगरी प्रदेश १ तर्फ सोडारीले १० हजार ५०७ मत पाँउदा नेकपा एमालेका भिम देउवाले ७ हजार ६७७ मत पाएका छन् । प्रदेश २ तर्फपनी बमले ७ हजार ३० मत पाँउदा एमालेका हरिसिहं साँउदले ६ हजार ७१२ मत पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.