कैलाली क्षेत्र नं. ४ को मतगणना स्थगित

अत्तरिया : कैलाली क्षेत्र नं. ४ को मतगणना स्थगित भएको छ । प्रतिनिधि सभाको मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना रोक्न माग गरेपछि स्थगित भएको हो ।

मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले जानकारी दिए । उनले उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै गणना सुरु गर्नुपर्ने भनेपछि तत्कालका लागी मतगणना रोकेको बताए ।
उनले छलफल पश्चात पुनः मतगणना सुरु गरिने बताए । कैलाली ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ । मत परिणाम अनुसार गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेपाली काँग्रेसका वीर बहादुर बलायरले १९ हजार १७२ मतका साथ लिड गरिरहेका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टले १६ हजार ९०२ मत पाएका छन् । दुवै बिचको मतान्तर २ हजार २७० रहको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.