कैलाली ५ मा एमालेका रानालाई पछिपार्दै काँग्रेसका पन्त अगाडि

अत्तरिया : कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन् । मत गणना सुरुभएदेखि पछाडि परेका काँग्रेसका उम्मेदवार पन्तले पछिल्लो मत गणनामा नेकपा एमालेका नारद मुनी रानालाई एक सय १५ मतले उछिनेका हुन् ।
११ हजार दुई सय ४२ मत गणना हुँदा काँग्रेसका पन्तले तीन हजार आठ सय ११ मत ल्याएका छन्। नेकपा एमालेका नारदमुनी रानाले तीन हजार सात सय ७६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा ले एक हजार छ ८१ मत पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.