अत्तरिया : डोटी प्रदेश सभा ‘ख’ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका शिवसिंह ओली विजयी भएका छ्न । प्रदेश सभा ‘ख’ मा खसेको ३० हजार २३४ मत मध्य ओलीले १४ हजार ४७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी टेक वमले १३ हजार १२८ मत प्राप्त गरेका हुन् ।