कैलाली ३ मा प्रदेशतर्फ पनि नागरिक उन्मुक्तिका उम्मेदवार विजयी

अत्तरिया : कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेशतर्फ दुवै प्रदेशसभा सदस्य पदमा नागरिक उन्मुुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्वर ३ को १ मा उन्मक्ति पार्टीका प्रदेश उम्मेदवार घनश्याम चौधरी विजयी भएका छन् । उनले १३ हजार २३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५ सय ७२ मत पाए ।

प्रदेशसभा २ तर्फ ढकियाका उम्मेदवार खुसीराम डगौरा थारु ७ हजार ५ सय ३९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिवद्वन्द्वी एकीकृत समाजवादीका अमर बहादुर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरे । यसअघि उक्त क्षेत्रको प्रतिनिधि सभा सदस्यमा पनि नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भइसकेका छन् ।

कैलालीका ५ वटा निर्वाचन क्षेत्रका १० वटा प्रदेश क्षेत्रमा भइरहेको मत गणना क्षेत्र नम्वर ३को समाप्त भएको छ । कैलाली क्षेत्र नम्वर १ र २ मा पनि ढकियाकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.