लेखराज भट्टलाई पराजित गर्दै कांग्रेसका वीरबहादुर बलायर निर्वाचित

अत्तरिया : कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् । उनीहरुको मतान्तर ३ हजार ४३८ छ ।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा उनी तात्कालीन नेकपा एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.