बिना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तारा लामा विजयी

धनगढी  : कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई ४ हजार ९११ मत अन्तरले पराजित गरेका छन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।

यस क्षेत्रको प्रदेश सभा सदस्यमा ‘क’मा नेपाली कांग्रेसका दिवानसिंह बिष्ट र ‘ख’ मा एमालेका वीरबहादुर थापा निर्वाचित भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.