कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

अत्तरिया : कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। एमालेका झपट रावललाई ५७४३ मतान्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। चौधरीले २१८७१ मत ल्याउँदा एमालेका रावलले १६१२८ मत पाए। तेस्रो स्थानमा रहेका माओवादीका भगत बडुवाले १५११६ मत पाए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.