विद्यार्थी नेता अयडीको न्यायका लागि भन्दै बाजुरामा सिट्टी जुलुस

धनगढी : बाजुराको सदरमुकाम मार्तडीमा सिट्टी जुलुस निकालिएको छ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लामा प्रदर्शन गरेको हो। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भएको विवादपछि विद्यार्थी नेता चेत अयडीको हत्या भएको एमालेको आरोप छ। एमालेको विद्यार्थी संगठनले दैनिक जिल्लामा प्रदर्शन गर्दै आएको छ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्यसमेत रहेका अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको उनीहरुको आरोप छ। आरोपीतलाई कारबाही माग गर्दै बाजुरामा अनेरास्ववियूले पाँच दिनदेखि आन्दोलन गर्दै आएका छन्। चेतनको हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्नुपर्ने उनीहरुको माग छ। अयडीको हत्या आरोपमा जिल्लाका २२ जना विरुद्ध जाहेरी दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.