सुखड : कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दिपक आचार्यको सरकारी निवासमा तोडफोड गरीएको छ । शनिबार प्रमुख प्रशाकीय अधिकृतको सरकारी निवासमा घोडाघोडीका मेयर खडकबहादुर रावल, वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही, ७ का जुगराम चौधरी र १२ मा रामदुलारी चौधरी सहितको जाडपार्टीमा विवाद हुँदा निवास तोडफोड गरीएको हो ।
प्रमुख प्रशाकीय अधिकृत र जनप्रतिनिधि बिच घोचपेच हुँदा विवाद सृजना भएको थियो । विवादकै क्रममा वडा नम्बर १ का अध्यक्ष आक्रोशमा आएर टेबलमा खुट्टा बजार्दा टेवल फुटेको त्यही रहेका एक वडा अध्यक्षले बताए । जाडपार्टाी मा पुराना असन्तुष्टी, बेमेलका कुरा सबै आउन थाले पछि घटना भएको जनाएको छ । नागरपालिका प्रमुख रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोडेको बताए ।