Agni Offset Press

सुदूरपश्चिम महोत्सवमा यी चर्चित कलाकारहरुको प्रस्तुती रहने

Aarati simant

धनगढी : यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी ६० प्रतिशत काम सम्पन्न भएको छ । आयोजक कैलाली उद्योग बाणिज्य सँघ कैलालीका अनुसार महोत्सबमा राष्ट्रिय कलाकारहरुको सहभागीता रहने छ । सुदूरपश्चिम महोत्सबमा चर्चित लोक तथा दोहोरी गायकहरु प्रमोद खरेल, पशुपति शर्मा ,राम्जी खाँण, राजेश पायल राइ, सुगम पोखरेल,रमेशराज भट्टराई, खुमन अधिकारी ,प्रिति आले, प्रकाश सपुत , टंक तिमिल्सिना,चक्र बम, टंक तिमिल्सिना,रबि ओड, प्रताब दास , अस्मिता अधिकारि लगायत सुदूरपश्चिमका चर्चित देउडा गायकहरुको उपस्थिति हरने आयोजकले जानकारी दिएको छ ।
१६ औँ संस्करणको महोत्सबको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत उद्घाटन गरीने कार्यकारी निर्देशक गोमा अधिकारी बताइन् । उनले सुदूरपश्चिम महोत्सब सञ्चालन देखि सम्पन्न अवधीसम्म शान्ती सुरक्षाका लागी जिल्ला प्रशासन र जिल्लाका प्रहरी कार्यालयहरुमा पत्राचार गरिएको बताइन् । सर्वसाधारणका लागी १०० रुपैयाँ टिकट र विद्यार्थीहरुलाई आइडि कार्ड मार्फत ५० प्रतिशत छुट दिइने छ। यस्तै स्थानीय उत्पादन, कृषि प्रदर्शनलाई प्राथमिकता दिइने छ । महोत्सव धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने सँघका महासचिब ओम बिष्टले जानकारी दिए ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.