अत्तरिया चोकमा वाटर फाउन्टिङको जडान

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा वाटर फाउन्टिङ जडान गरिएको छ । गोदावरी नगरपालिकाले चोकमा राखिएको राजा महेन्द्रको शालिक वरपर रहने गरी वाटर फाउन्टिङ जडान गरेको हो । उक्त वाटर फाउन्टिङले अत्तरिया चोकको सुन्दरता बढ्ने विश्वास गरिएको छ ।
२०७५ सालमा चोकमा बिलबोर्ड राखिएपछि चोकको निकै आलोचना हुँदै आएको थियो । पछिल्लो समय चोकमा राखिएको बिलबोर्ड पनि हटाइएको छ । चोकमा अहिले ‘हाईमास्ट लाईट’ पनि जडान गरिदाँ रातिको समयमा पनि चोक झिलिमिली हुने गरेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षको बजेटबाट चोकमा ‘हाईमास्ट लाईट’ जडान र वाटर फाउन्टिङ जडान गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.