दार्चुलामा विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला : दार्चुलाकोको महाकाली नगरपालिका र नौगाड गाउँ पालिकामा स्थानीय तहको शिक्षा क्षेत्र र विद्यालयका लागि विपद् पुर्ब तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
दार्चुलाका १० वटा विद्यालयका २० जना शिक्षकहरु र २ वटा स्थानीय तह महाकाली नगरपालिका र नौगाड गाउँ पालिकाका २÷२ जना गरि जम्मा २४ जनालाई कार्यशाला गोष्ठीमा सहभागी गराएरको प्रशिक्षण दिइएको प्रदेश समन्वय संयोजक हर्क ऐरले बताए ।
‘दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँ पालिका पनि विपद्युक्त क्षेत्र भएकाले कार्यक्रममा बोलाइएको हो’, उनले भने । उक्त कार्यक्रम मंसिर ११ गते देखि १३ गते सम्म संचालन भएको हो ।
कार्यक्रम बाट जिल्लामा देखिएको बिपद् पुर्ब तयारी र बिपद् आइ सकेपछि के कस्तो तरिका अपनाउने भन्ने सम्बन्धमा तिन दिने गोष्ठी संचालन गरिएको सुचना अधिकारी खडक बिकले जानकारी दिए ।
युनिसेफ नेपालको आर्थिक सहयोग र मर्सीकोर नेपालको प्राबिधिक सहयोगमा सामुदायिक बिकास केन्द्र डोटिको समन्वयमा तिन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
मर्सिकोर नेपालको तर्फबाट रुपा श्रेष्ठ ,प्रशिक्षक लोकेन्द्र प्रसाद भट्ट , प्रदेश संयोजक हर्क ऐर, सुचना अधिकारी खडक बिकको सहभागिता रहेको थियो ।
तीन दिन सम्म जिल्लामा संचालित कार्यशाला गोष्ठीले विद्यालय र स्थानीय तहलाई शिक्षा क्षेत्रको बिपद् पूर्व तयारी तथा प्रतिकार्य निर्माणमा थप सहयोग पुग्ने छ । यी कार्यक्रमहबाट सुदूरपश्चिम् प्रदेशको दार्चुला ,बझाङ ,डोटि र कंचनपुर गरि चार वटा जिल्लामा संचालित रहेको प्रदेश संयोजक हर्क ऐरले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.