बाजुराका अयडीको हत्या आरोपमा दुई जना पक्राउ

अत्तरिया : अनेरास्वबियुका नेता चेतनदीप अयडीको हत्या आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । मंगलबार पक्राउ परेका दुवै जनाको परिचय प्रहरीले खुलाएको छैन । अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले अयडीको हत्याको आरोपमा यसअघि दुई जनालाई पक्राउ गरेको छ ।

त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको मंसिर ४ गते राति कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटपछि घाइते भएको अयडीलाई बयलपाटा अस्पताल पुरयाएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.