गठबन्धनका उम्मेदवारलाई विजयी गराएकोमा कांग्रेस कैलाली–४ द्वारा आभार

अत्तरिया, १४ मंसिर : कैलाली–४ मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने सबैलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले आभार व्यक्त गरेको छ ।
बुधबार क्षेत्रिय समितिले वधाई तथा शुभकामना सन्देश जारी गर्दै गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर, दीर्घबहादुर सोडारी र प्रकाश बमलाई विजयी गराएकोमा मतदाता र शुभचिन्तक प्रति आभार व्यक्त गरेको हो ।
कांग्रेस कैलाली क्षेत्र नम्बर ४ तथा पाँच दलिय गठबन्धन निर्वाचन परिचालन मूल समितिका संयोजक समेत रहेका बसन्त रोकाया (ललित) द्वारा हस्ताक्षरित जारी शुभकामना सन्देशमा भनिएको छ । ‘गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन सक्रिय भूमिका खेल्ने पार्टीमा आवद्ध नेता कार्यकर्तालाई पनि धन्यावाद ज्ञापन छ ।’
शुभकामना सन्देशमा गठबन्धनका उम्मेदवारले जनताका बीचमा व्यक्त गरेका प्रतिवद्धता पूर्ण रुपमा कार्यान्वय गर्न नेपाली कांग्रेस क्षेत्र नम्बर ४ क्षेत्रीय कार्यसमिति सदा तत्पर रहने पनि प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.